दफा ५६
हुलाक अड्डा वा पत्र मञ्जूषालाई बेरुप पार्नेलाई सजाय
: कुनै व्यक्तिले हुलाक अड्डा वा हुलाक वस्तुहरु खसाल्नको निमित्त हुलाक अड्डाबाट राखिएको पत्र मञ्जूषामा कुनै विज्ञापन, सूचना, सूचीपत्र, लिखित, बोर्ड वा अरु कुनै चिज वस्तु टाँसेमा, लगाएमा, वा रंग रोगन लगाई वा अरु कुनै किसिमबाट बेरुप पारेमा, बेरुप पारिएकोपत्र मञ्जूषा मर्मत गर्न लगाई निजलाई पाँचसय रुपैयाँसम्म जरिवाना हुनेछ ।